मधेश प्रदेश सरकार (कार्य विभाजन) नियमावली - 2080 बमोजिम
(मिति 2080/06/16 गतेको निर्णयानुसार)
- प्रदेशस्तरको विश्वविद्यालय तथा उच्च शिक्षा सम्बन्धी नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन,
- प्रदेशस्तरको शिक्षा सम्बन्धी नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन,
- शैक्षिक परामर्श सेवाको मापदण्ड निर्धारण, अनुमति तथा नियमन,
- प्रदेशस्तरमा पुस्तकालय सम्बन्धी नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन,
- प्रादेशिक शिक्षा, प्राविधिक तथा व्यवसायिक तालीम र छात्रवृत्ति सम्बन्धी नीति, कानून तथा मापदण्ड निर्धारण, कार्यान्वयन र नियमन तथा पाठ्यक्रम, पाठ्य पुस्तक तथा पाठ्य सामाग्री निर्माण, उत्पादन र वितरण,
- प्रदेशस्तरको शैक्षिक मानव संसाधनको आवश्यकता प्रक्षेपण तथा शैक्षिक योजना निर्माण र कार्यान्वयन,
- प्रदेशस्तरमा शिक्षकको सेवा शर्त, योग्यता, क्षमता र शिक्षक व्यवस्थापनको मापदण्ड निर्धारण र नियमन,
- माध्यमिक तहको परीक्षा व्यवस्थापन,
- प्रदेशस्तरमा प्राज्ञिक अनुसन्धान तथा शैक्षिक तथ्याङ्क व्यवस्थापन,
- प्रदेशस्तरमा विज्ञान प्रविधिको विकास तथा विस्तार, सो सम्बन्धी तथ्याङ्क सङ्कलन, प्रशोधन र सर्वेक्षण तथा जनशक्ति विकास र उपयोग,
- वैज्ञानिक अध्ययन अनुसन्धान एवम् विज्ञान र प्रविधिको आविष्कार र विकास,
- विज्ञान प्लानेटोरियमको स्थापना, सञ्चालन र व्यवस्थापन,
- संस्कृतिको विकास सम्बन्धी नीति तथा कानून तर्जुमा, कार्यान्वयन र नियमन,
- भाषा, लिपि, संस्कृति, ललितकलाको संरक्षण र प्रयोग सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन,
- ऐतिहासिक, धार्मिक, पुरातात्विक, साँस्कृतिक कला र वास्तुकलाको दृष्टिले महत्वपूर्ण स्थल र धरोहरहरुको अध्ययन, अनुसन्धान तथा संरक्षण एवं सो सम्बन्धी नीति र कानून तर्जुमा, कार्यान्वयन,
- सांस्कृतिक परम्परा र गुठी अन्तर्गत चलि आएका विभिन्न जात्रा, पर्वहरुको सञ्चालन र व्यवस्थापन,
- सङ्ग्रहालय, अभिलेखालय सम्बन्धी नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, पूर्वाधार निर्माण, कार्यान्वयन, व्यवस्थापन र नियमन,
- विश्वसम्पदा सूचीमा परेका सम्पदा, प्राचिन स्मारक एवं स्थल र दरवारहरुको संरक्षण, सम्भार, उत्खनन् तथा पुनर्निर्माण तथा व्यवस्थापन सम्बन्धी विषय,